निर्वाचन निष्पक्ष हुनुपर्छ : नेता गुरुङ

लमजुङ। नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड भएको छ ।

जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेँसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताए।

नेकपाकोतर्फबाट लमजुङमा उम्मेदवार हरिजङ्ग तामाङले अहिलेको परिस्थितिमा युवालाई खोजिरहेको र आफू पनि युवा रहेकाले जिल्लाको समग्र विकासदेखि युवाको सपना साकार बनाउन आफूलाई मत दिएर जिताउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *