काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार बढेर तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला ६ हजार २० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
