बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नरोकिने बताएका छन् ।
भिडिओ सन्देश जारी गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही नरोकिने बताएका हुन् । उनले ‘मानव सभ्यताविरुद्ध युद्ध गर्ने आतंककारीहरूलाई कडाभन्दा कडा सजाय दिने र निर्दोष मानिसको मृत्युको बदला लिने’ चेतावनी दिएका छन् ।
उनले रिभोलुसनरी गाड्र्स र इरानका सैन्य प्रहरीलाई आफ्नो आक्रमण बन्द गर्न र अन्यथा आउँदै गरेको मृत्युका लागि तयार रहन चेतावनी दिएका छन् । ट्रम्पले इरानमा शासन परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि इरानी जनतालाई अपील गरेका छन् ।
अमेरिका र इजरायलले शनिबार इरानमा गरेको संयुक्त हवाई हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनिईसहित सयौँको मृत्यु भएको छ ।
