कसरी हुन्छ इरानी सर्वोच्च नेताको चयन ?

बीबीसी । अमेरिका–इजरायलको संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि अब सर्वोच्च पद खाली भएको छ । सर्वोच्च नेता कसरी छनोट गरिन्छ भन्ने सबैलाई कौतहल भएको छ ।

इरानमा देशका सर्वोच्च नेताको चयन प्रत्यक्ष मतदान गरेर निर्वाचनमार्फत् हुँदैन । बरु त्यस्ता नेताको चयन ८८ जना वरिष्ठ धर्मगुरुहरू रहेका एउटा निकायले गर्ने गर्छ, जसलाई विज्ञहरूको सम्मेलन भन्ने गरिन्छ । उक्त निकायका सदस्यहरूको चयन भने प्रत्येक आठ वर्षमा प्रत्यक्ष मतदानबाट गरिन्छ । इरानको संविधानअनुसार ती धर्मगुरुहरूले सकेसम्म छिटो नयाँ सर्वोच्च नेताको चयन गर्नुपर्छ।

तर अहिले देशले आक्रमण बेहोरिरहेको अवस्थामा सुरक्षाका कारणले गर्दा यस पटक त्यस्तो कार्य गाह्रो हुन सक्छ । राष्ट्रपतिको परिषद्, न्यायपालिकाका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलका एकजना सदस्यले अन्तरिमकालका लागि त्यस्ता सर्वोच्च नेताका जिम्मेवारीहरू सम्हाल्ने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *