कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेशका महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौंलाई खादा मालाले स्वागत गरे ।
कर्णाली प्रदेशमा उसैपनि रास्वपा कमजोर स्थितिमा थियो । प्रदेशकै महामन्त्री र सँगैमा प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो क्षति पुगेको छ ।
