इरानद्वारा सर्वोच्च नेता खामेनेई मारिएका पुष्टि, ४० दिने शोक घोषणा

बीबीसी । इरानले अमेरिकी र इजरायली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ । आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी–इजरायली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । उनले बमबारी ‘जारी रहने भन्दै ‘इरानी जनताका लागि ‘उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको’टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *