इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको ट्रम्पको दाबी

इरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले खामेनीलाई “इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक” भन्दै उनको मृत्यु इरानका जनताका साथै विश्वभरका पीडितहरूका लागि “न्याय” भएको उल्लेख गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि तेहरानस्थित खामेनीको निवास क्षेत्रमा गरिएको संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणपछि उनको मृत्यु भएको संकेत गरेका छन् ।

तर, इरानी सरकारी अधिकारीहरूले भने खामेनीको मृत्यु भएको विषयमा कुनै आधिकारिक पुष्टि गरेका छैनन् । केही इरानी सञ्चारमाध्यमहरूले यस्ता दाबीहरूलाई असत्य र दुष्प्रचारको रूपमा टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *