भारतबाट बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत राख्ने निर्णय गरेको छ ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट फागुन १६ मा पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएको जनाउदै प्रति लिटर पेट्रोलमा २. ०९ रुपैयाँ, डिजेलमा २. ४७ रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिण्डर १८. ५८ रुपैयाँले तथा हवाई इन्धनमा प्रति लिटर ५. ९८ रुपैयाँले बढेर आएको भएतापनि आम उपभोक्तको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविकको पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखिएको जनाएको छ ।

साथै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *