एमालेले भन्यो-चुनावी गठबन्धनको हल्ला निराधार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले शनिबार पत्रकारहरूसँग कुरा कुनै दलसँग गठबन्धन नगरको जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको उनले बताए ।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे । उनले भने, नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *