सङ्खुवासभामा बेलिब्रिज भाँचिदा ट्रक नदीमा खस्यो

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ । मकालु गाउँपालिका–५ र २ को सिमानास्थित नुम–सेदुवा भित्री सडक खण्डमा पर्ने अरुण नदीमाथिको बेलिब्रिज अचानक भाँचिएको हो । पुल भत्किँदा सोही समयमा गुडिरहेको ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत बाहिर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पुल भत्किएसँगै उक्त भित्री सडक खण्ड अवरुद्ध भएको छ भने स्थानीय आवतजावत प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *