काठमाडौं । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जय ट्रफी मेन्स इलिट कप २०२६ को फाइनलमा पुगेको छ । आर्मी र पुलिसले अंकतालिकाको शीर्ष दुई स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।
आर्मी र एपीएफबीच भएको लिगचरणको अन्तिम खेल बराबरीमा सकिएको थियो भने पुलिसले बागमती प्रदेशलाई ८ विकेटले हराएको थियो । आर्मी तीन खेलबाट एक जितसहित ६६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रह्यो भने समान खेलबाट दुई खेल जित्दै ६५.५ अंक जोडेको पुलिस दोस्रो स्थानमा रहेको हो ।
अब दुई टोलीबीचको फाइनल खेल आगामी अप्रिल ५-७ गते हुनेछ । प्रतिनिधि सभा निर्वाचनको कारण फाइनल खेल पछाडि धकेलिएको क्यानले जनाएको हो ।
