काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको प्रारम्भिक टोली घोषणा भएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान)ले सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा रोहित पौडेल(कप्तान) दीपेन्द्र सिंह एरी(उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम शार्की, आरिफ शेख, बासिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहाब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन् ।
नेपालले मार्च १० देखि ओमान र युएई सम्मीलित टी-२० आई सिरिज खेल्नेछ ।

