देशको भविष्य बदल्नु पर्नेछ : सभापति लामिछाने

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताएका छन् । तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताएका हुन् ।

उनले भने, “देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने दिन फागुन २१ गते हो । अब देशलाई अगाडि बढाउनुपर्नेछ, त्यसको नेतृत्व हामी गर्छौँ ।” सभापति लामिछानेले स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति रहेको बताउँदै स्वर्णिमविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाए । सभापति लामिछानेले सहिदको सपना पूरा गर्नुपर्ने भएकाले रास्वपालाई बहुमत दिन आग्रह गरे ।

सो सभामा तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले, क्षेत्र नं २ का उम्मेदवार श्रीराम न्यौपानेलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *