कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

अस्ताना। उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्याँस–हावाको मिश्रणले आगो लगाएको अनुमान गरिएको छ, जसले गर्दा रातको बिचमा विस्फोट भएको थियो ।

अकमोला क्षेत्रको बुराबे जिल्लाको आवासीय भवनमा जोडिएको एक तले क्याफेमा आगलागी भए पछि उक्त विस्फोट भएको जनाइएको छ । हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको क्षेत्रीय आपत्कालीन विभागले जनाएको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार आगलागीका कारण पाँच जनाको अस्ताना- घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते मध्ये १३ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । धेरैजसो पीडितहरू गम्भीर रुपमा जलेको जनाइएको छ । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *