झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाताहरूसँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।
