काठमाडौं । निर्वाचन आयोगले दुई उम्मेदवार र एक राजनीतिक दललाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा २५ हजार जरिवाना गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का उम्मेदवार शक्ति बस्नेतलाई आयोगले २५ हजार जरिवाना गराएको छ । पूर्वमन्त्री बस्नेतले निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरी परेको थियो ।
त्यस्तै, रुपन्देही–२ का उमेदवार डा. कमल भुसाल(निकोलस)लाई पनि २५ हजारको जरिवानाको निर्णय भएको आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए । भुसाल नेपाल जनसेवा पार्टीका उमेदवार हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना तोकिएको छ ।
भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठक र बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार खगेन्द्र सुनारलाई आयोगले सचेत गराउने निर्णय गरेको छ ।
