विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्ने नेकपाको प्रतिबद्धता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई अपील गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्तरुपमा अपील जारी गरी यस्तो बताएका हुन् । वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल भएको निष्कर्ष निकाल्दै पार्टीले चुनाव प्रणालीमै परिवर्तन गर्ने उद्घोष गरेको छ।

कुनै पनि दलको एकल बहुमत नआउने र गठबन्धनका कारण देशमा अस्थिरता निम्तिएको भन्दै कम खर्चिलो र सरल निर्वाचन प्रणाली अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ ।

त्यसैगरी, जनताको बलिदानबाट प्राप्त वर्तमान संविधानलाई खारेज गर्ने अतिवादी सोचलाई परास्त गर्दै, संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट पार्टीले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *