नेप्सेमा सामान्य सुधार

काठमाडौँ । बिहीबार शेयर बजार नेप्सेमा सामान्य सुधार भएको छ । बिहीबार नेप्से ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेर बन्द भएको छ । आज ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

आज १३७ वटा कम्पनीको शेयरको मूल्य बढेको छ। जसमा सबैभन्दा बढी सालपा विकास बैंक ९.९९ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको ९.२६ प्रतिशतले मूल्य बढेको छ। यी दुईका लगानीकर्ताले आज क्रमशः ५३.१० र ४८.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरे ।

आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *