काठमाडौं । एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा पुलिसले जव जान जागृतिलाई ७-० गोलले पराजित गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सञ्जिव लामा र धिरेन्द्र बहादुर शाहले दुई गोल गर्दा दशरथ गिरी र विजय युरेएनले समान एक/एक गोल थपे। पुलिसले एक गोल उपहार पाएको थियो ।
जितसँगै पुलिसले सात खेलबाट सात अंक जोडेको छ । समान खेलबाट नव जनजागृति अंकविहीन रहेको छ।
