कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त

नोमपेन । सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा भएका छन् ।

नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो । कम्बोडियाली अधिकारीहरूले यो आरोप बारम्बार सरकारी आलोचकविरुद्ध प्रयोग गर्छन् ।

जापानमा समर्थकहरूसँगको भेटका क्रममा कम्बोडियाली सरकारको आलोचना गर्ने भिडियो क्लिपसहित उनको सामाजिक सञ्जाल पोष्टसँग उनको मुद्दा सम्बन्धित छ।

नेसन पावर पार्टीका सल्लाहकार रोङ चुनले राजा नोरोद्दोम सिहामोनीले आममाफी दिएपछि चान्थीलाई बुधबार बिहान पुर्सात प्रान्तको एक जेलबाट रिहा गरिएको बताए ।

जेलमुक्त गरिएका चान्थीलाई उनकी श्रीमतीले जेलबाट बुझेकी थिइन् । परम्परागत रूपमा सरकारको अनुरोधमा कब्बोडियाका राजाले शाही माफी जारी गर्ने परम्परा रहेको छ ।

चुनले रिहाइको पुष्टि गर्दै भने, ‘चान्थीको समय अगावै भएको रिहाइको लागि कुनै कारण दिइएको छैन।’
लामो समयदेखि विपक्षी नेता र मजदुर कार्यकर्ता रहेका रोङ छुन आफैँले गत वर्ष यस्तै उक्साएको आरोपमा चार वर्षको जेल सजाय पाएपछि मुद्दाबारे अपील गरिरहेका छन् ।

सन् २०२४ मा उनले भूमि विवादका पीडितहरूलाई भेटेपछि र प्रधानमन्त्री हुन मानेटको भियतनामको सीमामा रहेको क्षेत्रमा टिप्पणी गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

चुनले बुधबार उनीवरुद्धको आरोप फिर्ता लिन र जेलमा रहेका दलका अन्य कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् ।

अधिकारवादी समूहहरूले लामो समयदेखि कम्बोडियाको सरकारले कानुनी मुद्दालाई विपक्षी आवाज र वैध राजनीतिक असहमतिलाई दबाउन रणनीतिको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

नेता हुन सेनले करिब चार दशकको शासनपछि राजीनामा दिएपछि उनका छोरा हुन मानेटले सन् २०२३ मा सत्ता सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *