परराष्ट्रमन्त्री र नवनियुक्त चिनियाँ राजदूतबीच के विषयमा भयो कुराकानी ?

काठमाडौं।  परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार शिष्टाचार भेट गरेका छन् ।

मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचार विमर्श भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *