इस्तानबुल । टर्कीमा लडाकू जेट विमान ( एफ–१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदामा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।
बालिकेसिरबाट उडान भरेको विमानको साथ रेडियो र ट्र्याकिंग जानकारी प्रस्थानको लगत्तै हराएको मन्त्रालयले जनाएको छ ।
‘खोजी र उद्धार अभियान मार्फत भग्नावशेष फेला पारी पाइलटले ज्यान गुमाएको उल्लेख गर्दै दुर्घटनाको कारण दुर्घटना परीक्षण टोलीले अनुसन्धान गरेपछि निर्धारण हुनेछ,’ मन्त्रालयले जनाएको छ ।
यस अघि गत नोभेम्बरमा, अजरबैजानबाट फर्कने क्रममा छिमेकी जर्जियामा एउटा दुर्घटना भए पछि टर्कीले सी–१३० कार्गो विमानको उडान स्थगित गरेको थियो, जसमा सवार सबै २० जनाको मृत्यु भएको थियो ।
अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित एफ–१६ विमानहरू पछिल्लो समयमा दुर्घटनाग्रस्त भएका छन् ।
जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । पोल्यान्डमा अगस्टमा एयर सोको रिहर्सल गर्दा एफ–१६ दुर्घटनाग्रस्त हुदाँ पनि पाइलटको मृत्यु भएको जनाइएको छ ।
