सुन तोलाको तीन लाख १४ हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *