प्रधानसेनापति सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण

सुनसरी । प्रधानसेनापति महारथी अशोकराज सिग्देलले मंगलबार पूर्वी पृतना हेडक्वार्टर, इटहरीको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उनले कोशी प्रदेश निर्वाचन कमान्ड पोष्टका पदाधिकारीसँग आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरेको पूर्वी पृतना हेडक्वाटरले जानकारी दिएको छ ।

प्रधान सेनापति सिग्देलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सतर्कता एवं प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका थिए ।

पूर्वी पृतनाका पृतनापति गौरवकुमार केसीले आगामी निर्वाचनको तयारी, सुरक्षा अवस्था, संवेदनशील क्षेत्र, जनशक्ति र स्रोतसाधन परिचालनसम्बन्धी योजनाबारे प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *