काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०८२ चैत ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
आज एन्फा कम्प्लेक्स सातदोबाटोमा सहभागी क्लबहरूसँग भएको छलफलपछि लिगको मिति तय गरिएको हो । प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाडी दर्ता फागुन २९ भित्र गर्नु पर्ने एन्फाले जनाएको छ ।
छलफलमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्र र सहभागी क्लबका प्रतिनिधिहरू उपस्थित थिए ।
