काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईँलाई रिहा गर्न आदेश दिएको हो ।
उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । चुनाव भाँड्न लागेको भन्दै प्रहरीले फागुन ४ गते राति उनलाई पक्राउ गरेको थियो । प्रसाईँ पछिल्लो समय पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।
चुनाव बहिष्कार गर्ने अभियान चलाएको भन्दै प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला, कम्युनिष्ट नेता ऋषि कट्टेललगायतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
