बदलिएको कांग्रेसलाई समर्थन गर्ने भन्दै कास्की-२ का स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर-२ का स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका उनले राजनीतिक परिस्थिति र कास्की २ को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले यो संविधान, प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न र वर्तमान अवस्थामा लोकतान्त्रिक शक्तिहरूलाई बलियो बनाउने जिम्मेवारीबोधबाट आएको निर्णय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘जनताको आवाज सुनिएन, युवाको भरोसामाथि खेलबाड गरियो, भ्रष्टाचार र दम्भ हाबी भयो भने म फेरि पनि कलम, आवाज र सडकबाट खबरदारी र विद्रोह गर्न पछि हट्ने छैन । अहिलेका लागि बदलिएको कांग्रेस र रुखमा मतदान गर्न अपील गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *