काठमाडौंँ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार गगन थापाले सर्लाही ४ का लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सोमबार सभापति थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, कृषि उत्थानलगायतका मुद्दा अघि सारेका छन् ।
उनले डुबान समस्या समाधान गर्ने, बाँधको मर्मत गर्ने, नहर र सडक, ढल निकासको समस्या समाधान गर्ने वाचा गरेका छन् । त्यस्तै तीनै तहका सरकारहरूसँग समन्वय गरेर पूर्वाधारको समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै, गणित, विज्ञान र अंग्रेजीको शिक्षक उपलब्ध गराउन र विद्यालयलाई प्रविधिमैत्री बनाउन अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन् । त्यस्तै यहाँका स्वास्थ्य संस्थाहरू मार्फत घर नजिकै सहज रुपमागुणस्तरीय सेवा सुनिश्चित गर्ने उल्लेख गरेका छन् ।


