काठमाडौँ । सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई छाड्न अस्वीकार गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश गरेको छ ।
निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको थियो ।
