हमासको नयाँ नेतृत्व चयन अन्तिम चरणमा

काएरो । प्यालेस्टिनी इस्लामिक आन्दोलन (हमास) नयाँ नेता चयनको अन्तिम चरणमा पुगेको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

एएफपीलाई दिइएको जानकारी अनुसार नेतृत्वका लागि दुई प्रमुख व्यक्तित्वहरू प्रतिस्पर्धा गरिरहेका छन्।
हमासले भर्खरै धार्मिक विद्वानहरू मिलेर बनेको परामर्श निकाय अर्थात् नयाँ राजनीतिक ब्यूरो, शूरा काउन्सिलको नयाँ समिति गठन पूरा गरेको छ ।

हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा दुई पूर्व प्रमुखसहित हमासका धेरै नेताहरूको मृत्यु भएको छ।

‘आन्दोलनले तीन क्षेत्रमा आन्तरिक निर्वाचन सम्पन्न गरिसकेको छ र राजनीतिक ब्यूरोको प्रमुख छनौटको अन्तिम चरणमा पुगेको छ,’ नाम नबताउने सर्तमा ती अधिकारीले भने ।

उनले थपे, ‘समूहको नेतृत्वको दौड अब खालिद मेशाल र खलील अल–हयाको बीचमा छ।’ हमासको दोस्रो स्रोतले यो घटनाक्रमको पुष्टि गरेको छ ।

गत महिना अमेरिकाको मध्यस्थतामा युद्धविराम दोस्रो चरणमा प्रवेश गरे पनि गाजामा हिंसा जारी छ, इजरायल र हमासले सम्झौताको उल्लङ्घन गरेको आरोप एक अकौमाथि लगाउने गरेका छन् ।

परिषदका सदस्यहरू प्रत्येक चार वर्षमा हमासका तीन शाखाहरू गाजा पट्टी, कब्जा गरिएको वेस्ट बैंक र आन्दोलनको बाह्य नेतृत्वका प्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छन्। इजरायली जेलमा रहेका हमासका कैदीहरू पनि मतदान गर्न योग्य छन्।

परिषद्को गठनपछि राजनीतिक ब्यूरो चयन गरिनछ, जसले आन्दोलनको प्रमुख चयन गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *