निर्वाचन प्रचारमा कुनै धातु तथा काठका सामग्रीबाट बनेका चिन्ह प्रयोगमा रोक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोगमा रोक लगाएको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशव्यापी रूपमा आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने ’व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *