काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका समय तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको हो ।
