काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेर गए उसलाई फिर्ता बोलाउने बताएका छन् ।
आइतबार चितवनमा चुनावी कार्यक्रममा सभापति लामिछानेले खराब व्यक्ति जितेर गएमा उसलाई पार्टीले फिर्ता बोलाउने बताएका हुन् । उनले भने,’हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउने छौँ । हाम्रो त नजिर नै छ ७२ घण्टाभित्र फिर्ता बोलाएको ।’
उनले सांसदहरू फिर्ता गर्दा बहुमत नपुग्ला, घट्ला भनेर धेरैभन्दा धेरे मत चाहिएको बताए । उनले आफूहरुले कुनै व्यापारी र विचौलियालाई पोस्न आवश्यक नभएको बताए ।
