रौतहटमा सद्भाव कायम गर्न केन्द्रीय सुरक्षा समितिको आग्रह

काठमाडौं । सरकारले रौतहटको गौरमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ ।

शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई समुदायबीच भएको विवादमा उच्च संयमता अपनाउन आग्रह गरेको हो । बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।

बैठकले जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उचित सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिएको उनले बताए ।

त्यस्तै, घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए । रौतहटमा अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार दिउँसोदेखि कफ्र्यू लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *