झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पाटी आफूले चुनाव नजित्ने देखेर बर्बराउन थालेको बताएका छन् ।
शनिबार भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव नजित्ने देखेपछि उसले अरु पार्टीका झण्डा जलाएर उदण्डता देखाएको बताएका हुन् । उनले रास्वपाको गतिविधि चुनाव भाँड्ने पक्षमा देखिएको बताए ।
उनले भने, ‘चुनाव नजित्ने निष्कर्ष निकालेरै रास्वपाले अरु पार्टीका झण्डा जलाउने, गालीगलौजमा उत्रिएको हो । ऊ अब अनेक हत्कण्डा अपनाएर चुनाव भाँड्न लागेको देखिन्छ ।’
उनले रास्वपाको पछिल्ला गतिविधि चुनाव भाँड्नतिर केन्द्रित भएको देखिएको बताए । उनले भने, ‘चुनाव शान्तिपूर्ण वातावरणमा हुनुपर्छ । मतदानेखि मतगणना र परिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया, मतदान अगाडिदेखिका प्रक्रिया पारदर्शी हुनुपर्छ, निष्पक्ष हुनुपर्छ। तर वातावरण शान्तिपूर्ण देखिराखेको छैन र शान्ति भड्काउन खोजिने प्रयासहरू निकै देखिन्छन्।’
