काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी छाडेका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका विष्टले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।

