काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उठेका व्यक्ति, प्रस्तावक–समर्थकलाई कारबाही भएको छ ।
शुक्रबार बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, उनका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकले अनुशासन समितिको कार्यविधि–२०८२ पनि पारित गर्ने निर्णय गरेको छ ।
