संसद विघटनविरुद्धको रिटमा निर्वाचनपछि मात्रै साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनविरुद्ध दायर रिटमा निर्वाचनपछि मात्रै सुनुवाइ हुने भएको छ । सर्वोच्चले फागुन २२ गतेका लागि साधारण तारेख दिएको हो ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले फागुन २२ गतेलाई साधारण तारेख दिएको जानकारी दिए । उनका अनुसार, चुनाव सकिएपछि पनि सुनुवाइको मिति तय नगरी तारिख मात्र दिइएको हो ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक रूपमा पदमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न रिटमा मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *