क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई रुसको आग्रह

मस्को । क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ लाभरोभले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेज पारिलासँगको भेटमा बुधबार सुझाव दिएका छन् ।

विदेशमन्त्री लाभरोभले भने, ‘अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतसँग मिलेर हामी संयुक्त राज्य अमेरिकालाई सामान्य ज्ञानका साथ काम गर्न, जिम्मेवार अडान लिन र नौसैनिक नाकाबन्दीको योजना त्याग्न आग्रह गर्दछौँ।’

लाभरोभले क्युबासँगको सहयोग वाशिङ्टनविरुद्ध रहेको भन्ने आरोपलाई मस्कोले अस्वीकार गरेको बताउँदै वासिङ्टन र हवानाबीचको सबै विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

‘हामी क्युबा र क्युवाली जनताकोसार्वभौमिकता र सुरक्षा कायम गर्न समर्थन जारी राख्नेछौँ,’ उनले भने ।
उनले भने, ‘रूसले क्युबालाई लक्षित गर्ने अमेरिकी कानूनको निन्दा गर्दछ, जुन क्युबाले संयुक्त राज्य अमेरिकाका लागि खतरा हो भन्ने गलत दाबीमा आधारित छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *