एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इन्टर मिलन पराजित भएको छ । बुधबार राति भएको प्लेअफको पहिलो लेगमा इन्टर मिलन बोडो/ग्लिम्टसँग ३-१ गोलले स्तब्ध बनेको हो ।
अस्पम्य्रा स्टेडियममा भएको खेलमा बोडोलाई जित दिलाउन सोन्द्रे बर्नस्ताड फेट, जेन्स पिटर हौग र कास्पेर वार्ट्स होगले समान एक/एक गोल गरे । इन्टरको लागि फ्रान्सेस्को पिओ इस्पोसिटोले समान एक/एक गोल गरे । खेलको २० औँ मिनेटमा फेटले गोल गर्दै बोडोलाई शुरूवाती अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा फ्रान्सेस्कोले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
६१ औँ मिनेटनमा हौगले गोल गर्दै बोडोलाई २-१ गोलको अग्रता दिलाए । तीन मिनेटपछि होघले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इन्टर मिलान ३-१ गोलले विजयी भएको हो ।
अब दुई टोलीबीचको दोस्रो लेग २५ फेब्रुअरीमा हुनेछ ।
गएरातिनै भएको अन्य खेलमा क्लब ब्रुग र एट्लेटिको म्याड्रिडले ३-३ गोलको बराबरी खेल्दा लेभारकुसेनले ओलाम्पिकोसलाई २-० गोलले पराजित गरेको हो । यस्तै अर्को खेलमा न्युक्यासल युनाइटेडले काराबागलाई ६-१ गोलले पराजित गरेको हो ।
