काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको छ । बुधबार पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिज्ञापत्र सर्वम्मत पारित गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
प्रतिज्ञापत्र आज जनकपुरधाममा सार्वजनिक गर्ने कार्यक्रम छ ।
