महाशिवरात्रिका दिन पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।

श्रेष्ठले महाशिवरात्रिका दिन प्रहरीलाई आक्रमण गरेको दृष्य सार्वजनिक भएको थियो । तर, उनको पहिचान हुन नसकेको भन्दै प्रहरीले मंगलबार युवकको पहिचानका लागि तस्बिर सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *