कांग्रेसमै फर्किए जितेन्द्र देव

काठमाडौँ । नेकपा एमाले परित्याग गरेका जितेन्द्र नारायण देव नेपाली कांग्रेसमै फर्किएका छन् । मंगलबार विज्ञप्ति जारी गरी देवले नेपाली कांग्रेसको भर्खरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् ।

उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान रहँदै आजैको मितिदेखि आफूसहितका साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रूपमा सार्वजनिक घोषणा गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *