काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
सोमबार राति उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंलाई पक्राउ गरेको बताइएको छ ।
यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका थिए र २५ माघमा हाजिरी जमानीमा छुटेका थिए । त्यस्तै माघ ५ गते पनि उनी पोखराबाट पक्राउ परेका थिए । तर उनलाई भोलिपल्छै छाडिएको थियो ।
