मछिन्द्रलाई झापा गोल्डकपको उपाधि

झापा । सातौँ झापा गोल्डकप २०८२ को उपाधि मछिन्द्र फूटबल क्लबले जितेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा एपीएफ क्लबलाई ३-१ गोलले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन प्रदिप बुढाथोकी, फ्रान्क एन्जे इसाक र अलिसान अलिजोनोभले समान एक/एक गोल गरे । एपीएफको लागि दिपेश धिमालले एक गोल गरे ।

जितसँगै मछिन्द्रले १५ लाख रुपैयाँ प्राप्त गर्दा र उपविजेतामा सिमित एपीएफले सात लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *