विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको सहनै सक्दैनन्ः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको नसहेको बताएका छन् । चुनावी अभियानका क्रममा सोमबार झापामा मतदातासँग अध्यक्ष ओलीले अलिकति काम गरेपछि सहनै नसक्ने अवस्था बनेको बताएका हुन् ।

उनले भने, ‘अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन्। देशभक्तिको काम गर्नै दिँदैनन्। देशको हितमा, देश विकास गर्ने काम गर्नै दिँदैनन्। यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्तिहरू लागेका छन् । मैले रेल फेरि सुरु किन गरेँ नेपालमा ? किन पानी जहाजको बाटोबाट समुद्रमा पुग्ने भनें मैले । त्यसका निम्ति काम हुँदै थियो । तर त्यो मैले सुरु गर्छु फेरि सरकार भत्काउँछ । फेरि सुरु गर्छु फेरि भत्काउँछ ।’

उनले एक कार्यकाल पूरा गर्नको लागि चार पटक प्रधानमन्त्री बन्नुपरेको बताए । उनले आफूले विभिन्न शास्त्रका र इतिहासका कुरा गर्दा उखान टुक्का भनेको भन्दै उडाइने गरेको बताए । अ

ध्यक्ष ओलीले संसारभरिका सबै शहरमा सभागृह, सामुदायिक भवन, रंगशालाहरू हुने भन्दै आफूले रंगशाला बनाउन खोज्दा पनि विरोध भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *