काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
केही दिनअघि कांग्रेसले अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको थियो ।
