‘जिरो डिग्री’को गीत ‘अरे हो नेता जी’

काठमाडौँ । फिल्म ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक ‘अरे हो नेता जी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमार्फत समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको छ । गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ। गीतमा सङ्गीत पनि अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्लेले लेखेका हुन् ।

फिल्मको निर्देशन एवं पटकथा तथा संवाद आकास बराल र साजन काफ्लेले गर्दै छन् । फिल्मका कार्यकारी निर्माता मोती कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *