चर्च ब्वाइजलाई हराउँदै जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । जावलाखेल युथ क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । आइतबार दिउँसो भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले हराउँदै जावलाखेल आहा रारा गोल्डकपको अन्तिम चारमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन सुजन गुरुङ, निकोलस ओडाने हामिल्टन र धर्बेंद्र कुँवरले समान एक/एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ४८ औँ मिनेटमा धर्वेन्द्र कुँवरले गोल गर्दै जावलाखेललाई शुरूवाती अग्रता दिलाएका थिए ।

८८ औँ मिनेटमा निकोलसले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा सुजन गुरुङले गोल गर्दै जावलाखेललाई ३-० गोलको जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *