निर्वाचन आयोगद्वारा राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । आयोगले आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ बुँदे निर्देशन जारी गरेको हो ।

आयोगले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । आर्थिक सहायता, चन्दा, पुरस्कार दिन आयोगले रोक लगाएको छ ।

आयोगले जुलुस, प्रचारप्रसारका निम्ति समयसीमा तोकेको छ । आयोगले जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न निर्देशन दिएको छ ।

त्यस्तै आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्न निर्देशन दिएको जनाएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *